नेपालले नेदरल्यान्डसँग पुनः पराजय व्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टि–२० अन्तराष्ट्रिय श्रृङ्खलाको पाँचौँ खेलमा पनि नेपाल नेदरल्यान्डसँग १० विकेटले पराजित भएको हो ।
ब्याटिङ राम्रो चले पनि बलिङ चल्न नसक्दा नेपाल पराजित हुन पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएपछि लक्ष्य पछ्याएको नेदरल्यान्ड बिनाविकेट १९.४ ओभरमा पूरा ग¥यो । उसका लागि ओपनर स्टेयर कालिसले ९८ रन बनाइन् । त्यस्तै फबे मोन्केन्बरले ४८ रन जोडिन् ।
यसअघि ब्याटिङ गरेको नेपालले पूजा महताको अर्धशतकमा १४५ रन बनाएको थियो । राम्रो सुरुवात पाएको नेपालका लागि पूजाले सर्वाधिक ६२ रनको योगदान गरिन् । उनले ५१ बलको सामना गर्दै नटआउट रहेकी हुन् । त्यस्तै कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० जोडिन् ।
नेदरल्यान्डका लागि इरिस ज्विलिङले २ तथा क्यारोलिन डे लाङ्गेले र हिथर सिगर्सले समान १/१ विकेट लिए ।
यो हारसँगै नेपालले लगातार पाँचौँ खेलमा पनि हारको यात्रामा पूर्णविराम लगाउन सकेन । उता डच टोलीले भने श्रृङ्खला आफ्नो पक्षमा पार्ने सम्भावना कायमै राखेको छ ।