फिल्म ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त

सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्म ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त गरिएको छ।

निर्माणपक्षले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन समेत सुरू गरेको छ।

यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरूङ, पशुपति राई, माओत्से गुरूङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारहरूको अभिनय रहनेछ।

यो फिल्मको निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्ममा महेश दवाडीको लेखन रहने छ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ सन्देशमूलकसँगै मनोरञ्जनपूर्ण हुने निर्माण पक्षले जनाएको छ ।

 

 

SHARE