राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको समाचार अन्नपूर्ण पोस्ट्मा छ ।
सहकारीको पैसा अपचलन गरेको आरोपमा लामिछानेले विभिन्न जिल्ला अदालतमा मुद्दा खेपेका थिए । जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।









