काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार साँझ ६ बजे बोलाइएको हो ।
जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार १७ गते बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।
घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।