‘कोरियन लाहुरे अनलाइन धाइरहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ।
आइतवार सार्वजनिक गीतमा गायिका मेलिना राई र आस्मान लोप्चनको स्वर रहेको छ । यसको भिडियोमा गायक आस्मान लोप्चन, मोडल सञ्जना गुरुङको अभिनय रहेको छ ।
एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका गायक आस्मान लोप्चनले यो गीतमा अभिनय गरेका हुन्।
गणेश तामाङ योञ्जनको शब्द रहेको गीतलाई विशाल काल्तानले संगीत गरेका हुन्। युद्धा लामाको कोरियोग्राफी एवं निर्देशनमा भिडिओ तयार भएको हो।
दुर्गा श्रेष्ठको छायांकन रहेको भिडियोमा अनिल विष्टको सम्पादन छ। गीतलाई Click Nepal युट्युब च्यानलबाट बजारमा प्रस्तुत गरेको हो।
https://youtu.be/h3oILMddcxY?si=nbFHNRhjswQrqcVJ










