तामाङ ठिटोमा छिरिङ र अञ्जलीको फिचरिङ

काठमाडाैं । गायक योगेश लामाले तामाङ सेलो गीत तामाङ ठिटो सार्वजनिक गरेको छ ।

लामाले आफ्नै स्वर र बिन्दाबासिनी युट्युब च्यानलबाट उक्त गीतलार्इ बाहिर ल्याएका हुन् ।

सिन्धुपाल्चोकका गायक योगेशले यसभन्दा हे इश्वर फेरि फर्कि आउ……, कुटु कुटु खाई रहन्छ मुटु, बहुचर्चित लोक दोहोरी र तामाङ ठिटो उतारेका छन् । आस्यङ्की छोरी पनि ल्याउने तयारीमा छन् ।

लामाले म्युजिक भिडियोहरू सार्वजनिक गरेसँगै थुप्रै स्टेज कार्यक्रमहरूमा प्रस्तुति दिइसकेको छ । हाल भने निरमाया दोहोरी साँझमा नियमित गीत गाइरहेका छन् ।

भिडियोमा छिरिङ लामा र अञ्जली अधिकारीले फिचरिङ गरेका छन् । गंगाराम रार्इको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी अनिल भुजेलले गरेका हुन् ।

SHARE