रोल्पा। रोल्पामा भएको जीप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप भिरबाट करिब ८ सय मिटर तल खसेपछि उक्त मानवीय क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेका सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै थिए।
रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापनको काम गरिरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









