काठमाडौँ । केही दिनयता स्थिरजस्तै देखिएको अमेरिकी डलरको मूल्य बिहीबार फेरि बढेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा पुगेको छ।
यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा कायम गरिएको थियो। एकै दिनमा डलरको मूल्यमा वृद्धि देखिएको हो।
अन्य प्रमुख मुद्रामा पनि उतारचढाव देखिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।









