राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ऊर्जा सम्बन्धी नीति मन्थन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ।सोमबार काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा नीति रास्वपाले जानकारी दिएको छ।ऊर्जा मन्थनमा तीनवटा सत्र छुट्याइएको पार्टीको ऊर्जा नीति कार्यदलले जानकारी दिएको छ।पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा मन्थन हुनेछ।

जसमा त्रिरत्न बज्राचार्य, रामप्रसाद धिताल, कुशल गुरूङ, सुमन जोशी र अरनिको पाँडे विज्ञका रूपमा रहेनछन्। यो सत्रको सहजीकरण विकास थापाले गर्नेछन्।

दोस्रो सत्र बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसद्मा प्रस्तावित विद्युत विधेयकबारे हुनेछ। जसमा सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले आ—आफ्ना धारणा राख्नेछन्।

यस सत्रको सहजीकरण सांसद सोबिता गौतमले गर्नेछिन्।अन्तिम सत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाली काग्रेसका नेता बद्रि पाण्डेले धारणा राख्ने कार्यक्रम रहेको कार्यदलले बताएका छन्।समापन सत्रमा पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले पनि धारणा राख्नेछन्।

SHARE