काठमाडौं । ‘आङीकी छोरी’ को रिमेक भर्सन सार्वजनिक गरिएको छ। रिमेक भर्सन MusicSpark को सहकार्यमा रिलिज गरिएको हो।
पुरानो संस्करणमा गायक जिवन बम्जन तामाङ र अन्जु थोकरको स्वर, जिवन बम्जनकै शब्द तथा टेक घिसिङको संगीत रहेको थियो। नर्बु शेर्पाले एरेञ्ज र डिका गुरुङले मिक्सीङ गरेका थिए। पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीत मेरो आपाको छोरो एल्बमा समावेश रहेको छ । भिडियोमा सीता थिङ र प्रवल थिङले अभिनय गरेका छन् भने निर्देशन उमेश गुरुङको थियो।
रिमेक भर्सनमा गायक जिवन बम्जनसँग गायिका सुमिना लोको स्वर थपिएको छ। संगीत टेक घिसिङकै भए पनि एरेञ्ज फनिन्द्र राईले नयाँ ढङ्गमा प्रस्तुत गरेका छन्। अर्पन थिङ तामाङको मिक्सीङ र अर्पन स्टुडियोमा रेकर्डिङ गरेका हुन्
भिडियोमा लाक्पा लामा, रिया लामा र फुर्बा दोजे मोक्तानको अभिनय रहेको छ। छायांकन र ड्रोन त्रिलोक लामाले सम्हालेका छन् भने सम्पादन र कलर अमृत चापागाईले गरेका छन्। निर्देशन तथा कोरियोग्राफी प्रातिक ङेस्युरको रहेको छ। गीतलाई जीवन बोम्जन युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।










