‘नृत्य नेपाली पारा Single Dance Competition–2’ हुँदै

नृत्य निर्देशक संघ नेपाल र नेपाली लोक नृत्य सेन्टरको संयुक्त आयोजनामा हुने ‘नृत्य नेपाली पारा Single Dance Competition Season–2’ का सबै विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ।

प्रतियोगितामा कक्षा २ देखि १० सम्मका विद्यार्थी सहभागी हुने छन्। कक्षा २–५ पहिलो क्याटगोरी र ६–१० दोस्रो क्याटगोरीमा प्रतिस्पर्धा गर्नेछन्। अडिसनपछि छनोट भएकाहरूलाई वर्कसप गराई सोही राउण्डमै प्रतिस्पर्धा गराइनेछ। सहभागीले नेपाली मौलिक गीतमै नृत्य प्रस्तुति दिनुपर्ने नियम राखिएको छ।

कार्यक्रमका निर्णायकमा शम्भु शाहि,सुनिल गिरी,अनिता गोले लामा समेत रहनेछन्।

प्रतियोगिताको प्रथम स्थानलाई रु २० हजार, दोस्रोलाई रु १० हजार, तेस्रोलाई रु ७ हजार, चौथो र पाँचौँ स्थानलाई रु ५–५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।

हाउभाउ, भेषभूषा, मौलिकता, दर्शक रोजाइ र उत्कृष्ट प्रस्तुति गरी पाँच विशेष विधाका विजेतालाई पनि छुट्टै ट्रफी र प्रमाण–पत्र दिइनेछ।

कार्यक्रममा संघका अध्यक्ष भुवनदाश श्रेष्ठ, महासचिव ऋषिकेश श्रेष्ठ, अजय बिष्टलगायत नृत्य निर्देशकहरूको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ।

SHARE