नेपाली कांग्रेस संसदीय दलको दिउँसो १ बजे बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित आज बस्ने भएको छ

संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्ने विषय बारे छलफल हुने   रमेश लेखकले जानकारी दिएका छन

उक्त बैठकमा डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने पनि प्रमुख सचेतक  रमेश  लेखकले बताएका छन।

SHARE