नबिन सुनुवार ।। (दोलखा) जिरी – दोलखाको जिरी नगरपालिकामा रहेको श्री बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयको ६३ औैँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको प्रमुख आतिथ्यता र बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष निमपल्दे शेर्पाको अध्यक्षतामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएकाे हाे ।
जिरी नगरपालिका -२ मा बि. सं २०१९ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे छ । कार्यक्रममा विभिन्न क्रियाकलापमा सहभागी हुने र उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएकाे थियाे । कार्यक्रममा विद्यालयकाे प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक आङबाबा शेर्पाले विद्यालय विभिन्न चुनाैतीलाइ सामना गर्दै अगाडी बढिरहेकाे बताए ।
उनले विद्यालय अझ थप ब्यबस्थित बनाउनका लागि थुप्रै चुनौतीहरु रहेको र त्यसका लागि पहल गरिदिन स्थानिय र प्रदेश सरकार सँग आग्रह गरे । विद्यालयमा विद्यार्थीकाे आकर्षण बढिरहेकाे त्यसकाे अनुपातमा भवन र जनशक्तिकाे व्यवस्थापसगै विद्यालयलाई नमुना बनाउन सबैको सहयोग चाहिएको उनकाे भनाइ रहेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि जिरी नगरपालिकाका नगर प्रमुख जिरेलले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न नसक्ने वताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि जिरेलले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए । शिक्षा क्षेत्रमामा कायापलाट गर्ने मुख्य उद्देश्यले संस्थाले विद्यार्थीहरुको आबश्यकतालाई मध्यनजर गर्दै बिद्यालयको समन्वयमा स्कुलबसको ब्यबस्थापन गरिएको कल्स अभरिजेज नेपालका अध्यक्ष साङ डोमा शेर्पाले बताइन् ।
कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, जिरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक मातृका आचार्य, कल्स अभरिजेज नेपालका अध्यक्ष साङ डोमा शेर्पा, समाजसेवी, बुद्धिजीवी , अभिभावक , विद्यार्थी लगाएत पत्रकारको सहभागिता रहेको थियो ।










