सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ। विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट बिहान ७:४१ बजे उडेको एन–एएमएस कल साइनको हेलिकप्टर ७:५२ बजे दुर्घटनामा परेको कम्पनीले जनाएको छ।
दुर्घटनाका बेला पाइलट–इन–कमान्ड क्याप्टेन विवेक खड्का मात्र सवार थिए र उनी सकुशल रहेका छन्। कम्पनीका अनुसार हेलिकप्टरमा अन्य यात्रु नभएकाले कुनै मानवीय क्षति भएको छैन।
अल्टिच्युड एयरले घटनाको सत्यतथ्यमा आधारित समाचार मात्रै सम्प्रेषण गर्न अनुरोध गर्दै, थप जानकारीका लागि सेफ्टी म्यानेजर रश्मि न्यौपाने र मार्केटिङ अफिसर चन्द्रप्रसाद प्याकुरेल सँग सम्पर्क गर्न सकिने जनाएको छ।










