पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र

काठमाडौं। दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।

स्रोतका अनुसार खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। सो प्रकरणसँग जोडिएका आर्थिक गतिविधिबारे विस्तृत छानबिन भइरहेको जनाइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा आगजनी हुँदा ठूलो रकम उडेको भन्दै सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त घटनासँग सम्बन्धित विषयमा समेत अनुसन्धान अगाडि बढाइएको छ।

सीआईबीले खड्कामाथि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ भने आवश्यक प्रमाण संकलनपछि थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।