वाईसीएल नेपाल, काठमाडौं जिल्लाको अध्यक्षमा रुपेश दंगाल

नेकपा (माओवादी केन्द्र) को भात्रृ संगठन वाईसीएल नेपाल, काठमाडौं जिल्लाको ऐतिहासिक चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

शनिबार बानेश्वरस्थित काठमाडौं ब्यांक्वेटमा भएको सम्मेलनमा  शंखरापुरका सक्रिय युवा नेता रुपेश दंगालको अध्यक्षतामा ६२ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा रुपेश दंगाल, उपाध्यक्षमा मनिस आलेमगर, दीपु बुढाथोकी, कृतिका नेपाल, सचिवमा विष्णुकुमार वाइबा तामाङ, सह-सचिवमा राकेश बिष्ट, महेश श्रेष्ठ, प्रविण खड्का, पदम पुतुवार, मन्जिता रोक्का, कोषाध्यक्षमा अरुण भट्टराई समेत गरि ६२ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको हो ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व गृहमन्त्री शक्ति बस्नेत थिए। सो अवसरमा काठमाडौं जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य हिमाल शर्मा, जिल्ला संयोजक संजय लामा, सचिव महेश्वर फुयाललगायत पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

SHARE