उज्यालो नेपाल पार्टीको बाग्मति प्रदेश स्तरीय अगुवाहरुको भेला सम्पन्न भएको छ। भेलाले प्रबिण तामाङको संयोजकत्वमा ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ।
पार्टी दर्तापछि आयोजित यो पहिलो औपचारिक कार्यक्रम भएकाले यसले संगठन विस्तारमा नयाँ गति दिने नेतृत्वले विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा पार्टीले आगामी दिनमा सांगठनिक गतिविधि तीव्र रूपमा अगाडि बढाउने तथा सदस्यता वितरण औपचारिक रूपमा सुरु गरिने जानकारी गराइएको छ।
यस्तै, पार्टीको बृहत घोषणा सभा यही २०८२ मंसिर १७ गते दिउँसो १२ बजे काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ।










