सामाजिक अभियन्ता नानी कमला र लक्ष्मी गुरुङद्वारा अपांग परिवारलाइ ७ लाख ७५ हजार ३१४ रुपैया सहयोग

पोखरा, १२ जेठ

सामाजिक अभियन्ता नानी कमला गुरुङ(हङकङ) र लक्ष्मी गुरुङ(पोखरा)ले कास्की जिल्ला मादी गाउपालिका ७, थाक, नयागाउँ पुतलीडाडाको एकै परिवारका चार जना सुन्न र बोल्न नसक्ने अपांगहरुका लागि ७ लाख ७५ हजार ३ सय १४ रुपैया सहयोग हस्तान्तरण गर्नु भएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर र एकै परिवारमा चार जना अपांगहरुको दैनिक गुजारा, स्वास्थ्योपचार, स्याहारसुसारका लागि समस्या देख्नुभएकाले सामाजिक अभियन्ता थाक गाउकी चेली नानी कमला र सिक्लेसकी चेली लक्ष्मी गुरुङले नेपाल, हङकङ, युके, बेल्जियम लगायतका देशका सहयोगी मनहरुबाट संकलित उक्त रकमको चेक अपांगहरुकी आमा धनमाया थापा मगर र अपांगहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

अभियन्ता नानी कमला गुरुङले सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै समस्यामा रहेको परिवारलाइ सहयोग गर्ने अभियानमा साथ सहयोग गर्नेहरुलाइ धन्यवाद व्यक्त गर्नुहुदै आफू सानो हुदादेखी नै आफ्नी बजै, आमाले सहयोग गर्दै आउनु भएको अपांग परिवारलाई सहयोग गर्ने जिम्मेवारी महसुस कै कारण अभियान सचालन गरेको बताउनु भयो । अपांग परिवारलाइ सहयोग हस्तान्तण गर्न पाउदा आत्मसन्तुष्टि मिलेको बताउनु हुदै समाजसेवाको प्रेरणाको स्रोत आफ्नी स्बर्गीय बजै र स्वर्गीय आमा रहेको बताउनु भयो ।

अर्की अभियन्ता लक्ष्मी गुरुङले अपांग परिवारको निम्न आर्थिक अवस्था, उनीहरुलाई जीवनयापनका लागि समास्या, अपांगहरुको स्वास्थ्योपचारमा समास्या महसुस गरेकै कारण सहयोग अभियान सचालन गरि सहयोग हस्तान्तरण गरेको बताउनुभयो। अपांगहरुका लागि अझै समस्या रहे थप सहयोग अभियान गर्ने उदघोष गर्नुभयो । उहाले भन्नुभयो हस्तान्तरण गरेको ७ लाख रुपैयाँ मुद्दती खातामा राखी ब्याजबाट अपांगहरुको लालनपालन, औषधोपचार, स्याहारसुसारमा खर्च गरिनेछ भने ७५ हजार ३१४ रुपैया तत्कालका लागि पारिवारिक खर्चका लागि उपलब्ध गरिएको हो । भुकम्प पिडितलाई राहत, इलामका बाढी पहिरो पिडितलाई सहयोग, मुसहर बस्तीमा सहयोग, मुखैले लेखेर एस एल सी उतिर्ण चितवनका भरत गुरुङ्लाइ उच्च शिक्षाका लागि सहयोग, रिभानका पहिरो पिडितलाइ राहत वितरण लगायत आफुहरुले अभियान मार्फत नै सहयोग गरेको अभियन्ता लक्ष्मी गुरुङ्ले जानकारी दिनुभयो ।

कार्यक्रममा पिडित परिवारका तर्फबाट बुहारी उषा थापा मगरले अभियन्ताद्वय नानी कमला गुरुङ र लक्ष्मी गुरुङलाई सम्मान गर्नुहुदै अभियन्ता र सहयोगीहरुलाइ धन्यवाद दिनुभयो । परिवारमा ४ जना अपांग र आमा पनि बिरामी भैराख्ने भएकाले अत्यन्तै समस्या रहेको बताउनु भयो । आर्थिक अवस्था कमजोरका कारण औषधोपचार, स्याहारसुसार र लालनपालन गर्न समस्या रहेको उहाँले बताउनु भयो । अपांग भत्ता सरकारले ८ सय दिन्छ, त्यस्ले उपचार गर्न पनि पुग्दैन, यस्तो अवस्थामा हाम्रो पीडा बुझिदिने नानी कमला दिदी र लक्ष्मी गुरुङ दिदी हाम्रो लागी भगवान रुपमा आउनुभो, उषा थापाको भनाइ थियो । कार्यक्रममा अभियन्ताद्वयले आफुहरुको अभियानमा सहयोग गरेको भन्दै तमु मै ता का निर्देशक युग गुरुङ र फोटो पत्रकार मनि गुरुङलाइ मायाको चिनो सहित सम्मान गर्नु भएको थियो भने कार्यक्रमको सचालन श्रीजङ गुरुङले गर्नुभएको थियो ।

आर्थिक अवस्था कमजोर र बिरामी ७६ वर्षिया आमा धनमाया थापा मगरको ५७ बर्षिया छोरी कुमारी मगर, जेठा छोरा लोकबहादुर ५७ बर्ष, माइला छोरा दुर्गा मगर ५५ बर्ष, काइला छोरा ४९ बर्षका  भोपाल मगर अपांग रहनुभएको छ। अपांगहरुको लालनपालन, स्याहारसुसार कान्छा छोरा गौप्रसाद र बुहारी उषा थापा मगरले गर्दै आउनुभएको छ ।

SHARE