गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सुझाव

गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुझाव दिएका छन् ।पोखरामा शनिवार नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरू मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’

सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।

SHARE