नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान By हेम दाहाल - १६ श्रावण २०८०, मंगलवार १२:१० नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न उनी मंगलबार बिहान इजरायल प्रस्थान गरेकी छन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् ।