६ जना विरामीलाई संकलित ८ लाख रुपैयाँ सहयोग हस्तान्तरण

६ जना विरामीलाई संकलित ८ लाख रुपैयाँ सहयोग हस्तान्तरण अमेरिका निवासी सोनी योन्जन र विनोद मोक्तानको संयोजकत्वमा सङ्कलित ८ लाख २६ हजार ३९१ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । शनिवार घ्याङडाँडा युवा क्लबले एक कार्यक्रम आयोजना गरी ६ जना विभिन्न रोगका बिरामीहरूलाई सो रकम हस्तान्तरण गरिएको हो ।

जसमध्ये लिसंखुपाखर(४, का कलेजो रोगी मिक्मार दोर्जे लामालाई ३ लाख ७० हजार ५५५ रुपैयाँ, सोही वडा नं ४ का आगोले पोलेको बिरामी अमृत लामालाई ९७ हजार १२५ रुपैयाँ, सोही पालिका वडा नं २ की मृगौला रोगको बिरामी वर्षा श्रेष्ठलाई १ लाख १२ हजार, वडा नं ७ की शारीरिक अशक्त र हाडको बिरामी सविना लामालाई १ लाख १२ हजार, सो पालिका वडा नं ५, की क्यान्सर रोगी पुनु तामाङलाई ७३ हजार ८५० रुपैयाँ र बागलुङ, काँठे खोलाका विद्युत सर्ट भइ एक हात गुमेका सनम नेपालीलाई ६० हजार ८३१ रुपैयाँ हस्तान्तरण गरेका हुन् । घ्याङडाँडा क्लबले नेपाली काँग्रेस इकाई समिति लिसंखुपाखर(४, अत्तरपुरको सहजीकरणमा सहयोगी दातालाई सम्मान पत्र र सङ्कलित रकम बिरामीहरूलाई प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति एवं महाधिवेशन प्रतिनिधि दोर्जे लामा ९हाउडे० ले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सम्मानित हुनेहरू अमेरिका रहेका वरिष्ठ समाजसेवीहरु क्रमशः विनोद मोक्तान, विमल मोक्तान, सोनी लामा, कविलाल घिसिङ, याङ्जी लामा योन्जन, दुबई रहेका मकर मोक्तान रहेका छन् । उनीहरूको सम्मान पत्र प्रदान गरेका छन् । सम्मान पत्र आआफ्ना प्रतिनिधिहरूले बुझेका छन् । त्यसै गरी एभिन्यूज टेलिभिजनका सुमन गौतम, सिद्धार्थ युवा क्लब, अन्दर्भुङ क्लब, सिक्रे क्लब, सेती देवी क्लब, काली देवी लगायतलाई क्लबले सम्मान पत्र दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति लामाले क्लबको यो कार्य सराहनीय रहेको भन्दै पीडितहरूको घाउमा मल्हम लगाउने सहयोगी दाताहरूलाई धन्यवाद दिए । क्लबले आगामी दिनमा समेत यस्तै कार्यहरूलाई निरन्तरता दिँदै गएमा आफ्नो समेत विशेष सहयोग रहने उपसभापति लामाले प्रतिबद्धता जनाए । त्यसै गरी कार्यक्रमका विशेष अतिथि बिर्जु मोक्तान, तरुण दलका केन्द्रीय सदस्य ढुबा छिरिङ मोक्तान, लिसंखुपाखर गाउँपालिकी काँग्रेस उपसभापति बबिता योन्जन लगायतले मन्तव्य राखेका थिए । कुल ८ लाख २६ हजार ३९१ रुपैयाँ सङ्कलन भएका अभियानका मुख्य अभियन्ता गौतम मोक्तान हुन् ।

गौतम क्लबका अध्यक्षसमेत हो । उनलाई अमेरिकाबाट वरिष्ठ समाजसेवी विनोद मोक्तान, सोनी लामा र युएईबाट मकर मोक्तानले सहकार्य गरेका थिए । अभियन्ता गौतमको संयोजकत्वमा कोरोना कालमा समेत लिसंखुपाखर(४, अत्तरपुरमा शिविर सञ्चालन गरेर व्यवस्थापन गरेका थिए ।

SHARE