सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने

काठमान्डौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध  भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

SHARE