पाँचखाल नगरपालिका वडा नम्बर १२ मा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

काभ्रेपलान्चोक। काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १२ मा  एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कुमारी माझीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरि माझीलाई पाँचखालको बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको पाँचखाल प्रहरीले जनाएको छ ।

देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरि माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

 

SHARE