भूकम्प पीडितको उद्धार र राहतमा परिचालित हुन सर्कुलर, माओवादीद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।  माओवादीले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरेको छ ।  त्यसैगरी सम्पूर्ण घाइतेहरुको उचित उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

SHARE