रैथाने खानाका अभियन्ता प्रेमलाल घिसिङलाई सहयोगको अपिल

रैथाने खानाका अभियन्ता प्रेमलाल घिसिङलाई सहयोगको अपिल नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियान्ता सेफ प्रेमलाल घिसिङ तामाङ क्यान्सर रोगसँग लडिरहेका छन् ।
उनी अहिले रोगबाट थलिएपछि उपचाररत छन् । उनी केही समयदेखि बिरामी परेपछि रोग पत्ता लगाउन उपचारमा भौँतारिँदा भएभरको आर्थिक सकिएको बिरामीका आफन्तले बताएका छन् ।
अहिले उनी क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेका छन् । डाक्टरका अनुसार उनीलाई करिब २५–३० लाख रुपैयाँ खर्च लाग्ने बताइएका छन् । उनी भन्छन्‚‘यो रोगबाट म बाँच्न सफल भएमा फेरि समाजका लागि रैथाने खाना र चौरासी व्यञ्जनलाई निरन्तरता दिनेछु ।
’ नेपाली र लोपोन्मुख रैथाने मौलिक खानासँग जोडिएको नाम हो ‘सेफ प्रेमलाल घिसिङ’। उनले रैथाने खाना र मौलिकताको खोज, अध्ययन , अनुसन्धान र संरक्षण गर्न १०१ दिने रैथाने खाना खोज अभियान सञ्चालन गरी ‘नेपालको हेरिटेज फुड र कल्चरल फुडको बारेमा पनि अध्ययन गरिएका छन् । सेफ घिसिङले नेपाली चौरासी व्यञ्जन खानासमेतलाई अहिले स्थापित गरेका छन् ।
यतिखेर उनको जीवन पुरानै शैली फर्काउन सहयोगी हातहरूको खाँचो छ । आर्थिक पाटोलाई सहज बनाउन सबैले सहयोग गरिरहेका छन् भने थप सहयोगको लागि अमेरिका निवासी कविलाल घिसिङले गोफण्डमार्फत अभियान सञ्चालन गरेका छन् ।
अमेरिका हुने मनकारीहरुले यस अभियानमा सहभागी भइ सहयोग गर्नका लागि अनुरोध गरेका छन् । सहयोगी हातहरुले बिरामीको खाता Premlal Tamang 0750091715200014 NMB Bank,Tinkune, Kathmanduमा सिधैं सहयोग गर्न पनि सकिनेछ ।
सेफ घिसिङ बिरामी हुनुअघि नेपाली खानपानलाई बजारीकरण गर्नको लागि नेपाली खानाको प्रतियोगिता ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ सिजन–२ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ सिजन–२ र खाने कथा प्रतियोगिताको तयारीमा थिए ।
SHARE