दोस्रो स्थानको कोपनहेगन नकआउटमा प्रवेश

म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

गएराति वर्ल्ड ट्राफोर्डमा वायर्न म्युनिखसँग १-० ले पराजित हुँदै युनाइटेड लिगको समूह चरणबाटै बाहिरिएको हो।

वायर्नका किंग्सली कोमनले ७० औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्दा युनाइटेड घरमै हारेको हो।

समूह चरणको ६ खेलमा युनाइटेडले १ खेल मात्रै जित्यो। १ खेल बराबरी र ४ खेलमा हार ब्योहोरेको युनाइटेड ४ अंकसहित पुछारमा रहँदै लिगबाट बाहिरिएको हो।

समूह ‘ए’को शीर्षस्थानको वायर्न  र दोस्रो स्थानको कोपनहेगन नकआउटमा प्रवेश गरिसकेको छ।

SHARE