वाग्मती प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गदै प्रदर्शन

काठमाडौं । वाग्मती प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गदै आजबाट आन्दोलन शुरु भएको उद्घोष गरेका छन । असनचोकबाट आयोजित सभालाई सम्बोधन गर्दै तामाङ र नेवार अगुवाहरूले वाग्मती प्रदेशको नाम खारेज गरेर नेवाःताम्सालिङ राखिनुपर्ने आफूहरूको प्रमुख माग रहेको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले धारण राखेका छन् । उनीहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध नबोल्न पनि खबरदारी गरेका छन् ।

तामाङ र नेवार समुदायको ऐतिहासिक सभ्यताबाट विकसित संयुक्त भूमि प्रदेश नम्बर ३ लाई जबर्जस्त चुनावी अङ्कगणितकाे बलमा वाग्मती नामकरण गरी पञ्चायती अञ्चलको नाम पुनस्थापित गरिनु एकात्मक र केन्द्रिकृत मानसिकताबाट उठ्न नसक्नु रहेको भन्दै यसलाई अब तामाङ र नेवारहरूले सहेर नबस्ने चेतावनी समेत दिएका छन ।

नेवा दय दुवुका अध्यक्ष पवित्रमान बज्राचार्यले पहिचानको आन्दोलन कुनै जात, धर्म र पार्टी विरुद्ध नभएको बताउदै, आदिवासी जनजातिको पहिचानको आन्दोलनलाई जातिवादको नाम दिएर राजनीतिक दलहरूले राजनीति गरिरहेको भन्दै बज्राचार्यले त्यसो गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन ।

सभामा मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन,किराँत यक्थुङ चुम्लुङका अध्यक्ष प्रेम याक्तेन, आदिवासी महिला महासंघका अध्यक्ष छिमि शेर्पा, तमु ह्युल छोंजधिका अध्यक्ष कर्णबहादुर गुरुङ,शेर्पा संघका महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारलगायतले आन्दोलनमा ऐक्यवद्धता जनाएको थियो ।

SHARE