बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके। ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे।खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।
ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे।
त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए
बलिङमा बंगलादेशका रोहानत बोर्सनले ४ विकेट लिए। उनले ८.५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए। शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए।