तामाङ भाषाको चलचित्र नाना आङा काठमाडौंमा माघ २० गते प्रदर्शन गरिने

काठमाडौं । जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र नाना आङा काठमाडौंको  चलचित्र विकास बोर्डमा माघ २० गते शनिबार प्रदर्शन हुने भएको छ ।

चलचित्रका निर्माता पेमा लामा योञ्जनको अनुसार मकवानपुर जिल्लाको हेटौंडामा असार ९ गते प्रिमियर प्रदर्शन गरिएको थियो भने केहि महिना अघि  काभ्रे पलाञ्चोक जिल्लाको बनेपामा असार ३० गते नाना आङा चलचित्र दोस्रो पटक प्रदर्शन  गरेका थिए ।

त्यसै गरि  सर्लाही स्थित हरिवनमा कार्तिक २२ र २३ गते प्रदर्शन गरेका थिए । हेटौंडा, काभ्रे र सर्लाहीमा सफलतापूर्वक प्रदर्शन सम्पन्न गराएको उक्त चलचित्र अब यही माघ २० गते शनिबार हुने प्रदर्शन भने छैटौं प्रदर्शन रहनेछ ।

उक्त चलचित्र नाना आङाको निर्देशन निमा लामा तामाङले गरेका छन् भने  चलचित्रको निर्माता पेमा लामा योञ्जन र  सह- निर्माता मिन कुमार वाईबा रहेको छ । चलचित्रमा नायकको भूमिका जय स्याङतान र सिताराम गोले , नायिकाको भूमिकामा कल्पना वाईबा र करिशा वाईबा छ भने माया घलान, सुनलाल वाईबा, राज कुमार स्याङ्तान, पेमा लामा योञ्जन, सुदिप कोब्रा लगायत अन्य थुप्रै कलाकारहरुको समेत अभिनय रहेको छन् ।

SHARE