जाजरकोटका भूकम्प पीडितलाई प्रारम्भको सहयोग

गत कात्तिक महिनामा गएको भूकम्प प्रभावित क्षेत्रमा प्रारम्भ नेपालले न्यानो सिरक र डस्ना हस्तान्तरण गरेको छ ।भूकम्पपछि हिउँदका तीन महिना त्रिपालमुनि बसेका ४०० बढी पीडित परिवारलाई प्रारम्भले राहतस्वरुप न्यानो कपडा वितरण गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका-२ का बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, स्थानीय जनप्रतिनिधिहरुले कपडा वितरण गरे ।

ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिहरुलाई केही आर्थिक सहयोग समेत गरिएको अध्यक्ष क्षेत्रीले बताइन् ।पीडितहरुले विभिन्न सहयोगी संस्थाहरुको सहयोग प्राप्त भएपनि गास, बासको व्यवस्था, स्वास्थ्य सेवा पर्याप्त नभएको गुनासो गरेका थिए ।

SHARE