शक्ति, ज्ञानेन्द्र र रिजनले पूरा गरे आइसिसी लेभल-२ कोचिङ कोर्ष

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, स्पिनर शक्ति गौचन र गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल-२ कोचिङ कोर्ष पूरा गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनीहरूले सिंगापुरमा भएको कोर्ष उत्तिर्ण गरेका हुन्। कोर्ष गत डिसेम्बर ७ देखि १० सम्म सञ्चालन भएको थियो।

कोर्षको अन्तिम नतिजामा पूर्वकप्तान ज्ञानेन्द्र शीर्ष स्थानमा आएका छन्। ज्ञानेन्द्रले गत साउनमा क्रिकेट खेल जीवनबाट संन्यासको घोषणा गर्दै आफू क्रिकेट क्षेत्रमै रहने बताएका छन्। सन् २०१८ मा नेपालको पहिलो एकदिवसीय खेल खेलेपछि शक्तिले संन्यास लिएका थिए। त्यसअघि नै शक्तिले भैरहवामा क्रिकेट एकेडेमी खोलेर सिकाउने गर्थे।

SHARE