संसदमा रास्वपाले सोध्यो– ‘बालकुमारी घटनाको प्रतिवेदन कहाँ छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ ।

उनले भने– ‘सरकार संसदप्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ । सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ ।’ उनले सो घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नगर्ने हो भने संसद अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने बताए ।

SHARE