चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक

चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ ।

अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।  ट्रिजरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारलगायत कलाकारलाई देख्न सकिन्छ । चलचित्र वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको छ ।महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्र कथा घुमेको छ । चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको छ ।

SHARE