बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषदको बैठक सुरू भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री  प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहभागी छन्।

आजको बैठकले रिक्त रहेका संवैधानिक निकायहरूको पदपूर्ति कार्यसूची छ।  आज बस्ने बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना रहेको छ।महालेखा परीक्षक लामो समयदेखि रिक्त छ। अहिले बामदेव शर्मा अधिकारी कार्यवाहक महालेखा परीक्षक तोकिएका छन्।

SHARE