सन्दीप लामछानेको मुद्दाको पेसी आउँदो जेठ १ हुने

काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामछानेको मुद्दाको पेसी आउँदो जेठ १ गतेका लागि तोकिएको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।

विपक्षी झिकाउन आदेश भएकै इजलासमा आइतबार पेसी परेपछि हेर्न नमिल्नेमा परेका उच्च अदालत पाटनका प्रवक्ता तीर्थ अधिकारीले जानकारी दिए । उनका अनुसार अब जेठ १ गतेका लागि पेसी तोकिएको हो ।

SHARE