दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते

दोलखा — काठमाडौंबाट ओेखलढुंगाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रुवाहक बस लामोसाँघु-जरी सडक खण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रदेश ३-०१ -००६ ख०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

SHARE