तामाङ पत्रकार संघ काभ्रे शाखाको अध्यक्षमा लोक ब लामा सर्वसम्मत निर्वाचित भएका छन् । उक्त अधिवेशन तामाङ पत्रकार संघका संघीय महासचिव तिर्थमान बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मंगलबार काभ्रेमा भएको शाखाको चौथो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
काभ्रेका लामा पत्रकारिता क्षेत्रमा सक्रिय छन् । शाखाको उपाध्यक्षमा जीवन तामाङ निर्वाचित भए भने सचिवमा असोक बुद्ध लामा निवार्वाचित भए । सह सचिवमा बिजय जिम्बा निर्वाचित भए ।
यसैगरी कोषाध्यक्ष लाल ध्वज तामाङ निवार्वाचित भए ।
सदस्यमा बिकेश तामाङ, सिर्जना तामाङ, विजय तामाङ रहेका छन् । बाँकी एक जना सदस्य मनोनित गरिने बताइएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघका संघीय सचीव शिशिर दोङ तामाङ, पत्रकार संघका संघिय सदस्य हिरामान बल , ग्याम्जो थोकर , रोजन तामाङ सहभागी रहेका थिए।










