राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, महासचिव ५ जना

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ।

गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको हो।

कार्यसमितिको अध्यक्ष राजेन्द्र महतो छन् भने वरिष्ट उपाध्यक्ष कमलाकुमारी गुरूङ र रामनरेश राय यादव, सुमन सायमी रहेका छन्।

यस्तै, केन्द्रीय अनुशासन समितिको अध्यक्षमा संजयकुमार सिंह र केन्द्रीय निर्वाचन समितिको अध्यक्षमा अरूण कुमार सिंह र केन्द्रीय लेखा परिक्षण समितिको अध्यक्षमा राजेशकुमार यादवलाई नियुक्त गरिएको छ।

त्यस्तै, केन्द्रीय विज्ञ समितिको अध्यक्षमा नहेन्द्र प्रधानलाई नियुक्त गरिएको पार्टीले जनाएको छ।

 

 

rajendra-mahto-party-1754403639.jpg

rajendra-mahto-party-2-1754403640.jpg

SHARE