खान्दोके सेलो जुहारी‘आमैले ज्यान खैलाला’ सार्वजनिक

काठमाडौं । ‘आमैले ज्यान खैलाला’  सेलो गीत ओम तामाङ वाईवा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतमा गायक ओम तामाङ वाइबा र गायिका सुमिना लो को स्वर रहेको छ। उक्त गीतका शब्द रोज मोक्तान र हिरा काजी लामाले लेखेका हुन्। गीतमा सङ्गीत रोज मोक्तानको छ भने एरेन्ज जोगलाल लामाले गरेका छन्। मिक्सिङ–मास्टरिङ दिपेश प्रधानले गरेका छन्। रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ नवलपुरस्थित भिमसेन थान मेलामा गीतको छायांकन गरिएको छ। मेलम्ची नगरपालिका–९ को पर्यटकीय गन्तव्य गुफा डाँडाका मनमोहक दृश्यहरू पनि भिडियोमा समेटिएका छन्।

भिडियो निर्देशन स्वयं ओम तामाङ वाइबाले गरेका छन्। भिडियोमा ओम तामाङ वाइबा, सृजना तामाङ, अभिषेक लामा, सुनिल थिङ र क्षेत्रबहादुर तामाङको दमदार अभिनय देख्न सकिन्छ। छायांकन सेन्साइ पेमा वाइबाले गरेका छन् भने सम्पादन त्रिलोक वाइबाले गरेका हुन्।

 

 

SHARE