भारतीय मिडियालाई जङ्गीअड्डा अगाडिबाट हटाइयो

काठमाडौं । जेन–जी आन्दोलनरत युवाहरूले भारतीय मिडियालाई जङ्गीअड्डा नेपाली सेनाको मुख्यालय अगाडिबाट प्रत्यक्ष प्रसारण (लाइभ) गर्न नदिएका छन्। बिहीबार दिउँसो जङ्गीअड्डा बाहिर समाचार संकलन र लाइभ प्रसारणमा संलग्न केही भारतीय सञ्चारकर्मीलाई युवाहरूले हटाएका हुन्।

आन्दोलनरत युवाहरूले भारतीय सञ्चारमाध्यमलाई “गोदी मिडिया” भन्दै आरोप लगाएका थिए। उनीहरूको भनाइमा भारतीय मिडियाले नेपालका आन्दोलन र यहाँका संवेदनशील राजनीतिक घटनाबारे एकतर्फी र तोडमोडपूर्ण समाचार प्रवाह गर्दै आएको छ। त्यसैले, युवाहरूले नारा लगाउँदै भारतीय पत्रकारलाई त्यहाँबाट जान आग्रह गरेका थिए।

युवाहरूको चर्को नाराबाजी र प्रतिरोधपछि नेपाली सेनाले समेत ती सञ्चारकर्मीलाई जङ्गीअड्डा अगाडिबाट हट्न निर्देशन दिएको छ। सेनाले परिस्थितिलाई शान्त बनाउन दुवै पक्षलाई संयमित हुन आग्रह गरेको बताइएको छ।

 

SHARE