काठमाडौं। फिल्म ‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औंला’ सार्वजनिक गरिएको छ। गीतमा रोदा राई र मनोज दाहाल को स्वर, डिप्सन लिम्बु (डिलेन) को संगीत र राज हाङ आङ्बो को शब्द रहेको छ।
गीतको एरेन्ज राजु कार्की ले गरेका हुन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ साजन शाह ले 3S स्टुडियो मा सम्पादन गरेका हुन्।

भिम लामा निर्देशित यो फिल्म मङ्सिर ५ गते (नोभेम्बर २१, २०२५) बाट देशभरका हलमा प्रदर्शन हुने भएको छ।
फिल्ममा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी लगायत दर्जनौं कलाकारको अभिनय रहेको छ।
फिल्मका निर्माता भिम लामा, दिलु सुब्बा लुङ्बा, रामजी बिष्ट र उमेश तामाङ हुन्। छायांकन मदन काश्यप घिमिरे, सम्पादन र रङ संयोजन रमेश डी कौशिक ले गरेका छन्।










