गोपाल ढकाल सचिव दौडमा

काठमाडौं । नेपाली चलचित्र तथा संगीत क्षेत्रमा सक्रिय कलाकार गोपाल ढकाल ले पुनः संगठनात्मक भूमिकामा सक्रियता देखाएका छन्। हाल नेपाल चलचित्र कलाकार संघ का कार्यसमिति सदस्य रहेका उनले आगामी चैत २८ गते हुने निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

कलाकारहरूको हक–हित, सुरक्षा र पेशागत सम्मानका विषयमा निरन्तर आवाज उठाउँदै आएका ढकालले संघभित्र समन्वय, पारदर्शिता र उत्तरदायित्व बढाउने लक्ष्य अघि सारेका छन्। सामाजिक सुरक्षा र अवसर विस्तारलाई प्राथमिकतामा राख्दै उनले स्पष्ट कार्ययोजना समेत बनाइसकेको जनाइएको छ।