‘ङा सिसै’ सार्वजनिक

काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा नयाँ सिर्जना ‘ङा सिसै’ सार्वजनिक भएको छ। गायक सुभाष तामाङ र पूर्णिमा लामाको स्वरमा रहेको यस गीतले तामाङ समुदायको सांस्कृतिक भावना, प्रेम र जीवन अनुभूतिलाई संगीतमार्फत प्रस्तुत  गरेको छ।

कुमार स्याङ्बोको शब्द रहेको गीतमा स्वयं सुभाष तामाङकै संगीत छ भने एरेञ्ज चाँद सिंहले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ दिपेश प्रधानले  गरेका छन्। अर्पण स्टुडियोमा रेकर्ड गरिएको यस गीतका निर्माता शश्वत तामाङ रहेका छन्।

भिडियोमा सागर लोप्चन र बबिता तामाङको अभिनय देख्न सकिन्छ। बबिता तामाङ स्वयं कार्यकारी निर्माताको भूमिकामा समेत रहेकी छन्।

त्रिलोक लामाले छायांकन तथा सम्पादन गरेका छन् भने रंग संयोजन अमृत चापागाईंले गरेका हुन्। भिडियो निर्देशन सुभाष तामाङले नै गरेका छन्।