बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ

बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ।

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो।

तामाङ म्यानेजर रहेको उक्त होटलबाट चार जना बालिकालाई पनि उद्धार गरिएको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए।

उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्। उनीहरूलाई होटलमा वेटरको काम लगाइदिन्छु भन्दै  ललाइ फकाइ ल्याएर  यौनकार्यमा लगाएको पाइएको एसपी पगेनीले बताए।

SHARE