सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट

काठमाडौं । डोलप्रसाद अर्यालनारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ।

भेटका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

दुवै नेताबीच संघीय संसद् सञ्चालन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय तथा सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

संसद् प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच सहमति भएको जनाइएको छ।