विदेशी पाहुनासहित भिजन तामाङद्वारा आमा डब्लमको सफल आरोहण

काठमाडौं । सगरमाथाको सफल आरोहण गरिसकेका भिजन तामाङ (भी.टी. लामा) घिसिङले ६ हजार ८१२ मिटर उचाइको आमा डब्लम हिमाल विदेशी पाहुनासहित सफलतापूर्वक आरोहण गरेका छन्।

घिसिङले दोस्रो पटक विदेशी पाहुनालाई साथमा लिएर हिमाल आरोहण गरेका हुन्। यसअघि उनले विदेशी पाहुनासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।

नेपालको सुन्दर हिमालमध्ये एक मानिने आमा डब्लमको सफल आरोहणले घिसिङको पर्वतारोहण यात्रामा अर्को उपलब्धि थपिएको छ।