तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले कर्मा लोप्साङ लामाकाे नेतृत्वमा सर्वसम्मत ११४ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको छ ।
त्यस्तै, उपाध्यक्षहरुमा सविता तामाङ,बयान बहादुर घिसिङ,दिपक सिं लामा रहेका छन् भने सचिवमा हिरालाल दोङ ,उप- सचिवमा हिरोज लोप्चन,वीरबहादुर तामाङ,पेम्बा छेवाङ तामाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा छिरिङ लामा निर्वाचित भएका छन् ।