जगत घिसिङ र जितु लोप्चनको ‘वाला वाला लिस्हाल’ भिडियो अब बजारमा

१७ जेष्ठ २०७६, शुक्रबार

भक्तपुर । चर्चित गायिका जितु लोप्चन र गायक जगत लामा घिसिङको सेलो डान्सिङ युगल गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । ‘वाला वाला लिस्हाल’ बोलको उक्त तामाङ सेलो गीतलाई सुर्यबिनायक स्थित माउन्टेन मल्टिपल कन्सल्टेन्सीको हलमा विभिन्न तह र तप्काका प्रतिष्ठित ब्यक्तित्वहरु उपस्थिति रहेको एक औपचारिक कार्यक्रमका बिचमा शुक्रबार आइटिसीको बरिस्ठ उपाध्यक्ष तथा चाइल्ड स्पेस फाउन्डेसनका अध्यक्ष टासी लामाले गितको वर्ल्ड प्रीमियर शो शेयर गर्दै सार्बजनिक गर्नुभएको हो।

आइटिसीको बरिस्ठ उपाध्यक्ष तथा चाइल्ड स्पेस फाउन्डेसनका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशेष अतिथिद्वय नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिब प्रबिन बल, चौरिदेउराली गाउँपालिका ३ माझीफेदाका वडाध्यक्ष बिनोद घिसिङ र अतिथिहरुमा तामाङ चलचित्रको निर्देशक बिनय दोङ तामाङ लागायतका ब्यक्तित्वहरुको विशेष आतिथ्य रहेको थियो।

 

“तेमाल ग्याम्से” ङा खाबा गितमा चर्चा कमाउन सफल जितु र जगतको आवाज समावेश गीतमा जगत लामा घिसिङकै शब्द तथा संगीत रहेको छ भने नोर्बु शेर्पाको एरेञ्ज, दिपेश प्रधानको मिक्स, स्टुडियो पर्पलमा रेकर्ड गरिएको गीतको भिडियोलाई प्रतीक ङ्यासुरले कोरियोग्राफ गर्नुभएको छ। पुर्णिामा लामा थोकर र लाक्पा लामाको अभिनय रहेको यस भिडियोलाई श्रृङ्गार सृष्टि थापा मगरले गर्नुभएको हो । तामाङ अनलाइन टिभिको प्रस्तुती रहेको “वाला वाला लिश्याल” जिग्मे मिडिया टिभीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको उक्त गीतको पोष्टर डिजाईन् क्यामरा/इडिट/डिरेक्सेन जिग्मे मिडियाकै सुर्य लामा ङ्यसुरले गरेका हुन् । कार्यक्रम सञ्चारकर्मी सुदिन दोङ तामाङले सञ्चालन गर्नुभएको थियो। हेरौँ गीतको भिडियो:

SHARE