अनिल बुढा मगरको लेखन र निर्देशनमा नेपाली चलचित्र ‘घर ज्वाइँ’ निर्माण हुँदै

जीएम मुभी प्रोडक्सनको ब्यानरमा अनिल बुढा मगरको लेखन र निर्देशनमा नेपाली चलचित्र ‘घर ज्वाइँ’  निर्माण गरिने भएको छ ।

मगर समुदायको कथामा बन्ने चलचित्रमा दयाहाङ र मिरुनालाई प्रमुख पात्रका रूपमा देखिने निर्देशक मगरले बताएका छन । मगर संस्कृतिमा बन्ने फिल्ममा मगर समुदायकै मुख्य कलाकार राख्न चाहेको भए पनि उपयुक्त पात्र नभेटिएका कारण दयाहाङलाई लिइएको जनाएको छ।

‘घर ज्वाइँ’ मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारको अभिनयलाई दर्शकले हेर्न पाउने भएको छ। भने उक्त चलचित्रका निर्माता जनक घर्ती मगर हुन् ।

 

SHARE