पौष ५ गतेको प्रदेश एकता सन्देश सभालाई सफल बनाउन दोलखाको संयुक्त तयारी बैठक सम्पन्न

काठमाडौंमा आगामी पौष ५ गते आयोजना हुन लागेको नेपाली कम्युनिस्ट पार्टीको प्रदेश एकता सन्देश सभालाई सफल पार्ने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टी दोलखा भुगोल पार्टी कमिटी र दोलखा सम्पर्क समितिको संयुक्त तयारी बैठक सम्पन्न भएको छ।

बैठकमा सभाको राजनीतिक महत्व, जनसहभागिता विस्तार, प्रचार–प्रसार, व्यवस्थापन तथा कार्यकर्ता परिचालनबारे विस्तृत छलफल गरिएको थियो।

दोलखा जिल्लाबाट अधिकतम उपस्थिति सुनिश्चित गर्न यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन र जनसम्पर्कलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ। साथै, पार्टीको नीति, विचार र कार्यक्रम जनतामाझ पुर्‍याउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

बैठकमा दोलखा भुगोल पार्टी कमिटी तथा सम्पर्क समितिका पदाधिकारी, सदस्य र सक्रिय कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

SHARE